काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । ओलीले आत्मसुरक्षाका लागि प्रतिनिधिसभा विघटन गर्ने प्रतिक्रान्तिकारी कदम चालेको र अहिले पनि प्रतिगमनकै बाटोमा रहेको उनको तर्क छ ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को बहुमत सदस्यहरुले ओलीलाई कारबाही गरेको सम्झिए । ‘यदि निर्वाचन आयोगले संविधान, ऐन र हिजोको नजिर अनुसार काम गरेको भए केपी ओली पार्टीविहीन हुने थिए । सूर्य चिन्ह हाम्रो भइसकेको थियो,’ उनले भने, ‘बबुरो पार्टीको रुपमा उनको स्थिति नाजुक हुने थियो । ठूलो षड्यन्त्र अनुसार उनलाई बचाइएको हो ।’
ओलीले पनि हार स्वीकार गरेर नयाँ पार्टी दर्ता गरेको तर, असंवैधानिक रुपमा निर्वाचनमा आयोगमा लगिएका मानिसहरुले उनलाई बचाइएको उनको दाबी छ ।
ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको उनको दाबी छ । संविधानको धारा ७६९५० मा ह्वीप लाग्दैन भन्ने अदालतको फैसला रहेको, सभामुखले १५ दिनभित्र लिनुपर्ने निर्णय गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘तर माधव नेपाललाई देख्यो कि कार्यक्रममै नजाने गर्नु भएको छ । यो भन्दा अराजीतिक, अलोकतान्त्रिक र निरंकुश चरित्र केही हुन्छ ?’