काठमाडौं । गएराति घोप्टेभिरमा पहिरो खसेपछि अवरुद्ध भएको नौबिसे–मुग्लिन सडक खण्डको पहिरो हटाउन समय लाग्ने देखिएको छ।
गएराति सबा ११ बजे घोप्टेभिरमा ठूलो पहिरो खसेपछि नौबिसे– मुग्लिन र मुग्लिन नारायणगढ सडक खण्डमा गाडी चल्न सकेका छैनन्। १० घण्टादेखि दुईतर्फी सडक अवरुद्ध हुँदा यात्रुहरुको बिचल्ली भएको छ।
वर्षा नरोकिएकाले पहिरो हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीले जानकारी दिए।
‘पहिरो हटाउन एक्स्काभेटर र डोजर तयारी अवस्थामा राखेका छौँ,’ डीएसपी अधिकारीले भने, ‘तर, गएरातिदेखि नै यहाँ पानी पर्न रोकिएको छैन। ठूलाठूला ढुंगासहितको पहिरो निरन्तर खसिरहेकाले डोजर र स्काभेटर चालानउ पनि समस्या छ।’