काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको पहिलो प्राथमिकता सुशासन भएको बताएका छन् । उनले सोमबार आफ्नै मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘हामीले सुशासनलाई प्राथमिता दिएका छौं । त्यही अनुसारको काम अगाडि बढाएका छौं । हामीले ती अभियालाई विश्राम नलिइ आगाडि बढाउँछौं । अपराधी, तस्कर र अनियमिता गर्नेहरुलाई सरकारले छुट दिँदैन ।’ उनले दोषीलाई कारबाही गरेरै छाड्ने र निर्दोषलाई नछाड्ने पनि स्पष्ट पारे ।


