काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा स्वागत गरिँदै । तस्बिर स् रासस
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओ आज काठमाडौं आइपुगेका छन् । उनी ८ सदस्यीय प्रतिनिधिमण्डको नेतृत्व गर्दै बिहान साढे ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीले उनको स्वागत गरेका थिए ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार लिउले आज बेलुकी पराष्ट्रमन्त्री खड्का र साँझ प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपति र अन्य नेताहरुसँग सोमबार भेटवार्ता गर्नेछन् ।


