काठमाडौं । नेपाली कांग्रेसका नेता डा..शेखर कोइरालाले आगामी निर्वाचनमा आफ्नो पाटीले एक्लै चुनाव लड्नुपर्ने बताएका छन् ।
संस्थापनइतर समुहका नेता समेत रहेका कोइरालाले शनिबार पार्टीको प्रथम लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘एक्लै चुनाव लड्नुपर्छ भनेर स्थानीय चुनावदेखि नै मैले भन्दै आएको हो’, कोइरालाले भने, ‘अब आगामी चुनावमा वडादेखि संघसम्म कांग्रेस एक्लै चुनाव लड्न पर्छ,आजैदेखि तयारी सुरु गर्नुस् ।’
एक्लै चुनाव लड्न कांग्रेस एक ढिक्का हुनुपर्नेमा जोड दिंदै नेता कोइरालाले कांग्रेस एक ढिक्का भए कसैको सहारा लिनुनपर्ने बताए ।


