काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि हालसम्म ३९ दल दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार शनिबारसम्म ३९ दल दर्ता भएका हुन् ।
आगामी साउन ३१ गतेसम्मका लागि दल दर्ताको समय तोकिएको छ। दल दर्ताका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यसअघि भएको दर्ता नम्बर, पार्टीको महाधिवेशनको माइन्युटलगायतका कागजात पेस गर्नुपर्छ।
नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ मा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्नुपर्ने प्रावधान रहेको छ। दल दर्तासँगै आयोगले निर्वाचनको लागि आवश्यक व्यवस्थापकीय, कानुनी र प्राविधिक तयारीलाई अघि बढाएको छ।


