काठमाडौं । विगत केही समयदेखि दिउँसोका समयमा बन्द रहेको नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि नियमित सञ्चालन गरिने भएको छ । यो सडक खण्ड गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा बन्द गरिँदै आएको थियो ।
पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारीसाधन रोकेर पाँचठाउँको पहाड काट्न सुरु गरिएकोमा तुइन खोलाको मुग्लिनतर्फको पहाडबाहेक अन्यत्रको काम अन्तिम चरणमा पुगेको छ। तुइन खोलाको भित्तोलाई विष्फोट गराउन लागिएकाले सवारी रोकेर भित्तो काट्ने काम बन्द गर्न लागिएको हो।


