काठमाडौं । आजदेखि सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरु हुँदैछ । समिति सचिव पद्मप्रसाद पाण्डेयले संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजेदेखि बस्ने जानकारी दिए ।
२३ साउनमा श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेर आइतबार सांसदहरूलाई वितरण गरेको संसदीय समितिले सोमबार बिहान साढे १० बजे उजुरीकर्तासँग छलफल गर्ने र त्यसको एक घन्टापछि श्रेष्ठको सुनुवाइ गर्ने निर्णय गरेको हो ।
सम्पर्कमा रहेको व्यक्तिले श्रेष्ठको कामकारबाही र मुद्दाविशेषमा गरेको फैसलामा प्रश्न उठाउँदै उजुरी दिएका छन् । ती उजुरीकर्तासँग छलफल गरेर न्यायाधीश श्रेष्ठको कार्ययोजना सुन्ने, सांसदसँग सवालजवाफ हुनेछ । त्यसपछि समितिले अनुमोदन गर्ने वा नगर्ने निर्णय लिनेछ ।


