काठमाडौं । आजबाट माई खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओमा आवेदन खुला गरेको छ ।
कम्पनीले जारीपुँजी ३९ करोड २९ लाख ५६ हजार रुपैयाँको ३९ प्रतिशतले हुन आउने १५ करोड २९ लाख रुपैयाँ बराबरको १५ लाख २९ हजार ४११ कित्ता सेयर आईपीओ निष्कासनका लागि छुट्याएको थियो । सोमध्ये सर्वसाधारणलाई १२ लाख ६९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको हो ।
कम्पनीले जारी गरेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । सो आईपीओमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिभित्र मागअनुसार आवेदन नपरेमा आवेदन दिन माउने अवधि वैशाख २४ गतेसम्म लम्बिने बताइएको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


