काठमाडौं । सरकारले टिकटक प्रतिबन्ध लगाएपछि यसको विरुद्धमा दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतमा दर्ता भएका करिव एक दर्जन रिट निवेदनमाथि एकसाथ सुनुवाइ गर्ने तयारी भएको हो ।
यसअघि अन्तरिम आदेश दिन अस्विकार गरेको एकल इजलासले मुद्दालाई प्राथमिकतामा राखी सुनुवाइका लागि आजको मिति तोकेको थियो ।


