काठमाडौं । आज चैत शुक्ल अष्टमी, अर्थात् चैते दशैं । देशभरिका शक्तिपीठहरुमा देवीको पूजा आराधना गरी चैते दशैं मनाईंदैछ ।
चैते दशैंका दिन काठमाडौंको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
चैत शुक्ल अष्टमीमा मनाइने दशैंलाई चैते दशैंका रूपमा मनाउने गरिएको छ ।


