काठमाडौं । सरकारले गत जेठ ५ गते संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको धारणा राख्ने भएका छन् ।
प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमलाई पार्टीले पारित गर्न नसक्ने बताएका छन् । ओलीले आफ्ना सांसद्हरुलाई पनि सरकारको नीति तथा कार्यक्रमको विरोध गर्न निर्देशन दिइसकेका छन् ।


