बुटवल । आज एसआई युकेले बुटवलमा “एसआई युके एजुकेशन फेयर २०२४” गर्दैछ । एसआई युकेका निर्देशक विनय अधिकारीले दियालो फुडल्याण्ड अगाडि मिलन चोकमा रहेको कार्यालयमा हुने बताए ।
उक्त फेयरमा युकेका ३५ विश्वविद्यालयका प्रतिनिधिहरूले विद्यार्थीलाई प्रत्यक्ष परामर्श दिनेछन् । फेयरमा उपस्थिति विद्यार्थीलाई ठाउँको ठाउँ अफर लेटर दिने एसआई युकेले जनाएको छ ।
एसआई युकेबाट एप्लाई गर्ने विद्यार्थीले मास्टर्स रिसर्च कार्यक्रममा अध्ययन गर्न जाँदा डिपेण्डेन्ट पनि लिन पाउने सुविधासहितको अफरसहित एसआई युकेको टिम बुटवल आएको छ ।
एसआई युकेबाट एप्लाई गर्ने विद्यार्थीलाई बेलायतमा खाने, बस्नेसहितको सुविधा पनि दिने बताइएको छ । साथै एसआई युकेले आफ्ना विद्यार्थीलाई बेलायतमा काम पनि खोजिदिने गरेको छ । एसआई युकेले यसअघि नै काठमाडौं र पोखरामा फेयर सम्पन्न गरिसकेको छ । निर्देशक अधिकारीले फेयर विदेश जाने विद्यार्थीहरुका लागि निकै उपयोगी हुने दावी गरे ।


