काठमाडौं । आज रातिबाट संघीय संसद्को हिँउदे अधिवेशन अन्त्य हुने भएको छ। सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा यस्तो जानकारी गराएका हुन् ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्यसम्बन्धी पत्र संसद सचिवालयमा पठाएका थिए।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। यो अवधिमा दुबै सदनबाट तीन वटा विधेयक मात्र पारित भए ।


