काठमाडौं । एनसेल शेयर खरिदबिक्रीविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले दायर गरेको एनसेल शेयर खरिदबिक्रीविरुद्धको रिटमा आज सुनुवार्इ हुन लागेको हो ।
रिट निवेदनमा सांसद सिंहले नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानिनोक्सानी हुने गरी अपारदर्शी ढंगले शेयर खरिदबिक्री भएको दाबी गरेका छन् । निवेदनमा शेयर खरिदबिक्रीलाई मान्यता नदिन पनि माग गरेका छन् ।
उनले एनसलेको ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब हालेको र ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नुले सबैभन्दा ठूलो भ्रष्टाचारको संकेत गरेको जिकिर गरेका छन् ।


