काठमाडौं । मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको सत्तारुढ आठ दलको बैठकले राष्ट्रपति निर्वाचनका लागि बुधबार बिहान ११ बजेसम्म सांसदहरुलाई काठमाडौं आइसक्न निर्देशन दिएको छ ।
जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र श्रेष्ठले बैठकले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरुलाई भोलिसम्म काठमाडौँ आइपुग्न सर्कुलर गर्ने निर्णय गरेको बताए ।
यस्तै बैठकले शतप्रतिशत भोट खस्ने गरी ८ दलले पहल गर्ने पनि निर्णय गरेको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ ।


