काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफू र प्रधानमन्त्री प्रचण्डबीच कुनै खटपट नरहेका प्रष्टीकरण दिएका छन् ।
मन्त्री महतले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
मन्त्री डा। महतले भने( हामीबीच संवाद र समन्वयमै काम भइरहेको छ । यसो गर्दा के होला रु भनेर उहाँले भन्नु हुन्छ । मैले आफ्नो कुरा भन्ने गरेको छु । छलफलबाट निष्कर्षमा पुग्छौँ । बाहिर यसरी सम्प्रेषित हुन्छ कि, कसले गरिरहेको रहेको छ यस्तो । के आशयले गर्छन् तपाईँहरूले अनुसन्धान गर्नुस् ।


