काठमाडौं । निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै जिल्ला आचारसंहिता अनुगमन समितिले तनहुँले कांग्रेस उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ। जिल्ला निर्वाचन क्षेत्र नं. को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारले वैशाख ७ गते राति १२ बजेपछि प्रचारप्रसार निषेधको अवधि सुरु भइसकेपछि मोबाइल नम्बर ९८८०२९८८०२ बाट भ्वाइस मेसेजमार्फत मत मागेको सूचना प्राप्त भएको भन्दै स्पष्टीकरण सोधेको हो।
‘आचारसंहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन ?’ मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँ दमौलीमा आफैँ वा प्रतिनिधि मार्फत उपस्थित भई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ।


