काठमाडौं । आज सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिमा सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफूमाथिका आरोप प्रमाणित भए तत्काल पदबाट राजीनामा दिने बताएका छन् ।
समितिको बैठकमा सांसदले उनीविरुद्धका उजुरीबारे प्रश्न गरेका थिए । जवाफमा उनले आरोपका खण्डन गर्दै आफू न्यायपालिकाको शुद्धताको कुरा गर्ने मान्छे भएको बताए ।
“ममाथि लगाइएका जुन कुरा आए, त्यो कुरा प्रमाणित जुनसुकै बेला भएको अवस्थामा पदबाट तत्काल राजीनामा दिन्छु । कुनै पनि आरोप सत्यतामा आधारित छ भने प्रमाणित भएको भोलिपल्ट नै राजीनामा दिएर निस्किनेछु । होइन भने जे यथोचित हुन्छ, त्यो कदम चाल्नेछु,” उनले भने ।


