काठमाडौं । इँटा बोकेको ट्रक मुग्लिन नजिकै त्रिशूली नदीमा खसेको छ । आज बिहान करिब ९ बजे धादिङको इच्छाकामना गाउँपालिका–५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट त्रिशूली नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार त्रिशूलीमा खसेको ट्रकको केही भागमात्रै देखिएको छ । उनका अनुसार अहिले मुग्लिनबाट प्रहरी टोली घटनास्थल पुगिसकेको छ ।
ट्रकमा कति जना सवार थिए र उनीहरूको अवस्था के छ भन्ने खुलेको छैन ।


