काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा अजेन्डामा आधारित बहस गर्न आग्रह गरेका छन् ।
अध्यक्ष ओलीले बिहीबार फेसबुकमा पोस्ट गर्दै वैशाख १० गते उपनिर्वाचमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुन गइरहेको र धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिरहेकाले यो खुसीको कुरा भएको बताए।
उनले गत निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई बहसमा आउन आह्वान गरेका थिए। स्टाटसमा उनले त्यसलाई पनि स्मरण गरेका छन्।


