काठमाडौं । सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला गरेपछि कार्यालय गएका नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा गरेको छ । उनलाई आर्थिक अनियमिततामा अनुसन्धान गर्नुपर्ने देखिएकाले उनलाई हिरासतमा लिइएको बताएको छ ।
उपरथी शाही उमेर हदका कारण बुधबारदेखि अनिवार्य अवकाशमा जान लागेका थिए। तर उनी आफ्नो पदावधि १ वर्ष बाँकी रहेको दाबी गर्दै सर्वोच्च पुगेपछि अदालतले उनको पक्षमा फैसला गरेको थियो।
शाहीले पुस ७ मात्र सर्वोच्चमा आफ्नो जन्ममिति २०२३ पुस २२ लाई कायम गर्न माग गर्दै रिट दायर गरेका थिए ।सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयांलको एकल इजलासले सेना र रक्षा मन्त्रलायका नाममा कारण देखाऊ आदेश गरी गर्दै शाहीको निवेदनअनुसार नै फैसला गरेपछि उनले थप एक वर्ष जागिर खान सक्ने अवस्था थियो ।


