काठमाडौं । एभरेस्ट स्कुलले आफ्नो १४औँ ओपेन डे (OPen Day) कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
उक्त ओपन डे कार्यक्रममा कार्यक्रममा आफ्नो शिक्षण विधि, कक्षा कोठाको व्यवस्थापन, शैक्षिक सामग्रीबारे आभिभावक, विद्वत बर्ग , शिक्षासेवीसँग सुझाव माग गरिएको थियो ।
उक्त कार्यक्रमा नर्सरी कक्षा तीन ३ सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई गीत, नृत्य , योगा, सङ्गीतआदि मार्फत आ–आफ्नो कला प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रम स्कुलका संस्थापक प्रिन्सिपल श्री भक्त राजभण्डारीको अध्याक्षता सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालय व्यस्थापनका अध्यक्ष रामगोपाल कर्माचार्य, पदाधिकारीको एवं अभिभावकहरुको समेत उल्लेख्य सहभागिता थियो ।
कार्यक्रममा एभरेस्ट भक्तपुरका संस्थापक प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले विद्यालयको प्रगति विवरणबारे जानकारी गराएकी थिइन् ।