काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन सम्झौताबारे नेपालले गरेको १२ बुँदे व्याख्यात्मक घोषणा कागजको खोस्टो मात्रै भएको टिप्पणी गरेका छन् ।
अध्यक्ष ओलीले बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीका क्रममा यस्तो टिप्पणी गरेका हुन् ।
तर अध्यक्ष ओलीले एमसीसीलाई नेपालको संसदले अनुमोदन गरिसकेकाले कार्यान्वयनमा जाने बताए।
‘संसद्ले अनुमोदन गरेको कुरा अब कार्यान्वयनमा जान्छ’, सिराहाको विष्णुपुरमा बुधबार राखिएको सचिवालय बैठकमा जाने क्रममा अध्यक्ष ओलीले ओलीले विराटनगर विमानस्थलमा भने, ‘त्यो १२ बुँदे घोषणा भन्ने जुन झुटको खेस्रो छ, त्यो झुटको खेस्रो सत्तापक्षले नेपाली जनतालाई दिएको धोका मात्रै हो, त्यो धोकाको एउटा प्रमाण हो।’


