काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको उम्मेदवार बन्न राखेको ७० वर्षे उमेर हद हटाएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई फेरि अध्यक्ष बनाउने योजनासहित एमालेले यस्तो निर्णय गरेको हो ।
वैशाख २८ देखि ३० सम्म बसेको केन्द्रीय कमिटी बैठक र जेठ १९ गते बसेको सचिवालय बैठकले उमेर हद हटाउने निर्णय लिएको हो।
पार्टी विधानमा रहेको केन्द्रीय कमिटीको ७० वर्षको उमेर हद हाललाई निलम्बन गर्ने, एमालेले तल्लो तहमा पठाएको अन्तर पार्टी निर्देशनमा उल्लेख छ।
एमालेले काठमाडौंमा भएको नवौ महाधिवेशनदेखि केन्द्रीय कमिटीको चुनाव लड्न ७० वर्ष नपुगेको हुनुपर्ने प्रावधान विधानमै राखेको थियो। २०७८ मंसिरमा चितवनमा भएको दसौँ महाधिवेशनमा पनि उमेर हद राखिएको थियो।


