काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । नेकपा एमाले संसदीय दलका नेता रहेका उनलाई प्रदेश प्रमुख डिल्लीराज विष्टले आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
अधिकारीले आज नै आफूलाई एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित आठ र दीपक मनाङे एक गरी ३१ प्रदेशसभा सदस्यको समर्थन रहेको जानकारी गराउँदै प्रदेश प्रम्ख समक्ष मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका थिए ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सांसद चाहिन्छ । तर, माओवादीले सभामुख कृष्ण धिताललाई पनि आफ्नो सांसद भन्दै अधिकारीलाई मुख्यमन्त्री बनाउन समर्थन गरेको हो ।