काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता एमालेको प्राथमिकता नरहेको बताएका छन् ।
महासचिव पोखरेलले एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत उपत्यका विशेष प्रदेश कमिटीको समीक्षा बैठकको समापन कार्यक्रममा अभियानका क्रममा कतिपय कार्यकर्ताबाट सत्ता गठबन्धनमा हेरफेर ल्याउन सुझाव आए पनि पार्टीका ध्यान त्यतातिर भई पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउनतिर भएको स्पष्ट गरे । “कुनै पनि पार्टीको बहुमत नपुग्ने वर्तमान ‘हङ’ संसद्बाट जनतालाई साँचो अर्थमा सेवा दिन सकिँदैन ।
“वर्तमान सत्ता गठबन्धन आफ्नै कारणले असफल भएमा संसदीय भूमिकाअनुसार अर्को सरकार दिनुपर्ने अवस्थामा बाहेक एमालेको प्राथमिकता होइन । मुलुकको समृद्धि र विकास हो”, उनले भने । उनले नेकपा कालमा ध्वस्त भएको पार्टीको साङ्गठनिक र वैचारिक लय र विरासतलाई एक हदसम्म उक्त अभियानले फर्काउन सफल भएको बताए।


