काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आफ्नो पार्टीलाई सरकारमा जानबाट रोक्न विभिन्न प्रयास भइरहेको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सोमबार भक्तपुरमा ज्येष्ठ नागरिक आश्रम उद्घाटन गर्दै आफ्नो पार्टीको विकास नीतिबाट डराएर सरकारमा जान रोक्ने काम भइरहेको बताए ।
‘हामी देश समृद्ध होस्, जनता सुखी रहून् भन्ने उद्देश्यका साथ सधैँ काम गरिरहन्छौँ, त्यसैले यस्ता कुरा देखेपछि कतिपयलाई हामीलाई सरकारमा पुग्न नदिन केही न केही उपाय गर्नैपर्छ,’ ओलीले भने, ‘किनभने यी काम गर्नुको अर्थ उनीहरूको कारोबार बन्द हुन्छ । त्यसकारण केही मान्छे सधैँ पछि लाग्छन् ।’
मुलुकलाई एमालेले नै तीव्र विकासको गतिमा अगाडि बढाएको दाबी गर्दै उनले हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी राजमार्गमार्फत सिंगो देशलाई जोड्ने काम गरेको बताए । ओलीले पूर्वदेखि पश्चिमसम्म जनताको अवस्था बुझ्न आफूले आगामी मंसिर एक महिना मध्यपहाडी राजमार्गमा यात्रा गर्ने कार्यक्रम तय गरेको पनि जानकारी दिए ।
‘


