काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतक रहेका पदम गिरी मन्त्रीमा नियुक्त भएपछि सचेतक रहेका महेश बर्तौलालाई नै प्रमुख सचेतकमा नियुक्त गरेको छ।
यसअघि २०७९ पुसमा ४२ दिन स्वास्थ्य मन्त्री भएर बाहिरिएपछि गिरीलाई एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा नियुक्त गरेका थिए।
तर फेरि वाम गठबन्धन ब्युँतिदा गिरी मन्त्रीमा दोहोरिएका छन्। गिरीको स्थान बर्तौलाले लिँदा एमाले सचेतकमा समानुपातिक सांसद सुनिता बरालले अवसर पाएकी छन्।


