काठमाडौं । सर्वसम्मत गर्न नसकेपछि नेकपा एमाले बागमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ।
एमाले बागमती प्रदेशको अध्यक्षका लागि पाँचजनाले बुधबार उम्मेदवारी दर्ता गराइसकेका छन्। जसमा कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, केशरबहादुर बुढाथोकी, निवर्तमान अध्यक्ष केशवराज पाण्डे र बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठ छन्।
तर मुख्य प्रतिस्पर्धीका रुपमा मकवानपुरका दाहाल र रामेछापका ढुंगेललाई हेरिएको छ। यसअघि ११ सय ६५ प्रतिनिधि रहेकामा अन्तिम नामावलीमा महमद समिम, आरिफ खाँ, प्रतिभा पाण्डे र केशवप्रसाद बडाल थपिएर ११ सय ६९ प्रतिनिधि कायम भएका छन्।


