काठमाडौँ । एमाले बागमती प्रदेशको मतदान भोलि बिहान ८ बजेबाट केन्द्रीय कार्यालय च्यासलमा हुने भएको छ ।
नेता शेरबहादुर तामाङका अनुसार बेलुका ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ ।
यसअघि पटक पटक मतदानको कार्यसूची सर्दै आएको छ । अध्यक्षका लागि चुनावी मैदानमा कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, सानु श्रेष्ठ केशवबहादुर बुढाथोकी रहेका छन् । अन्तिम समयमा वर्तमान केशवप्रसाद पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् । अध्यक्ष ओलीले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास गरे पनि त्यसो हुन नसकेपछि मतदान हुन लागेको हो । दुवै प्रत्यासीले आफूले जित्ने दावी गरेका छन् ।


