काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टी केही समउपछि फेरि सरकारमा पुग्ने दाबी गरेका छन् । उनले आज संवाद यात्राका क्रममा कपिलवस्तुमा आयोजित कार्यक्रममा यस्तो खुलासा गरेका गरेका हुन्् ।
देशलाई सम्हालेर निराशाबाट बाहिर निकाल्न सक्ने कांग्रेस मात्रै भएको उनले बताए । एमाले, माओवादी, नयाँ दलसँग निराशाबाट देशलाई बाहिर निकाल्ने चरित्र नभएको महामन्त्री थापाले बताए । ‘नेकपा एमालेसँग आन्दोलन गर्ने क्षमता छ । मधेसी पार्टीहरूसँग नागरिकलाई उद्वेलित बनाउने क्षमता छ । नयाँ पार्टीसँग हल्ला गर्ने क्षमता होला,’ उनले भने, ‘तर, मुलुकलाई निराशाबाट बाहिर निकाल्ने क्षमता र चरित्र भएको पार्टी कांग्रेस नै हो ।’


