काठमाडौं । आज बस्ने तय भएको राज्य व्यवस्था समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ।
बैठक लागि १४ जना सांसद आवश्यक थियो। तर १० जना सांसद मात्रै उपस्थित भएपछि समितिले सूचना निकालेर बैठक स्थगित भएको जनाएको छ।
कोरम नपुगेपछि स्थगित बैठक अब माघ १४ गते दिउँसो बस्ने गरी डाकिएको छ।


