काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत नभएको बताएको छ ।
नेकपा एमालेको तर्फबाट संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले थापाले गैरसंवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै रिट दायर गरेको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सो आदेश गरेको हो ।
सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर रिटमा बिहीबार प्रारम्भिक सुनुवाइ भएको थियो । यस अघि पनि थापाले सभाको अध्यक्षको मत लिएर मुख्यमन्त्री भएको भन्दै उहाँको मुख्य मन्त्री पद बदर गरिदिएको थियो ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत र प्रचलित कानुनविपरीत विश्वासको मत लिने बेला सभाध्यक्ष रहेका इस्राइल मन्सुरीलाई मतदान गराएर प्राप्त गरेको मत गैरसंवैधानिक भएको एमालेको जिकिर थियो ।


