काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले फर्किएको राजनीतिक परिस्थितिलाई बोलीबाट भत्किन दिन नहुने बताएका छन् ।
उनले आज बसेको केन्द्रीय समिति बैठकमा गठबन्धन परिवर्तनप्रति संकेत गर्दै एक झड्काबाट निराश भएको पङ्तिमा उत्साह भरिएको बताए ।
“जुन प्रतिकूल अवस्थामा भत्किएको बिग्रिएको राजनीतिलाई एकताको भावबाट पार्टी सभापतिको नेतृत्वमा सबै मिलेर आम एउटा झड्कामा निराश भएको मतदाता, पार्टीपङ्ति सिंगो राजनीतिलाई दुई महिना हाराहारीको अवधिमा धेरै ठूलो मेहनत गरेर नयाँ विश्वास सिर्जना गरेर, विश्वास खडा गरेर हामी पार्टी सभापतिको नेतृत्वमा नयाँ विश्वास सिर्जना गरेर जुन खालको अनुकूल परिस्थिति सिर्जना भएको छ । यसमा सच्याउने, सुधार्नेमा लागौँ ,” खड्काले भने ।
नेताहरुको बोली र गतिविधिबाट भत्किने अवस्था सिर्जना नगर्न उनले आग्रह गरे । भने, “हाम्रा गतिविधिबाट, बोलीहरुबाट राजनीतिक परिस्थिति जसरी फर्किएर आएको छ, यसलाई भत्किने, बिग्रने तहबाट जानुहुँदैन ।”
केन्द्रीय समितिले सरकारलाई सुझाव र ध्यानकर्षण गराउन उनले आग्रह गरे ।


