काठमाडौं । चर्चित गायक राजेशपायल राई पक्राउ परेका छन् । उनलाई मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
गएराति बानेश्वर क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए ।
उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । होहल्ला नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


