काठमाडौं । नेपाल आयल निगमले डिजेलको मूल्य घटाएसँगै सरकारले लामो दुरीका (अन्तर प्रदेश चल्ने) सार्वजनिक यातायातको भाडा घटाएको छ।
मंगलबार मात्रै नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाएको थियो।
यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर बुधबारदेखि नै लागू हुने विभागले जनाएको छ।
विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटाएको छ।


