काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि १८ वटा राजनीतिक दलले दर्ता गरेका छन् । ।
आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका मिति तय गरेको थियो ।
राष्ट्रिय मान्यता पाएका ७ दलमध्ये चितवन–२ को उपनिर्वाचनको प्रयोजनका लागि भने एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र दल दर्ता गरेका छन् । जनता समाजवादी पार्टी र जनमत पार्टीले भने दल दर्ता गरेका छैनन् । त्यस्तै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले पनि उपनिर्वाचनका लागि दल दर्ता गरेको छैन । नागरिक उन्मुक्ति पार्टीले भने उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको आयोगले जनाएका छन् ।
प्रतिनिधिसभाका तत्कालीन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि रिक्त रहेको चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने तय भएको छ ।


