काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले जनताको बहुदलीय जनवादलाई समाप्त पार्ने विचारलाई कुनै हालतमा पनि स्वीकार गर्न नसकिने बताएका छन् ।
पूर्व प्रधानमन्त्री नेपालले आइतबार पार्टी उपाध्यक्ष तथा कृषि मन्त्री डा. बेदुराम भुसालद्वारा लिखित ‘जनताको बहुदलीय जनवादको विकासक्रम’ नामक पुस्तक विमोचन गर्दै जबजलाई समाप्त पार्ने विचार स्वीकार्न नसकिने बताए ।
उनले भने, ‘सबै परिवेशमा कम्युनिष्ट पार्टीलाई लोकप्रिय बनाउनुपर्छ। जुन बहुदलीय नीति लिएर हामी बढ्न खोजेको छौं त्यसलाई नयाँ परिवेशनमा लानुपर्छ । समाजवादी क्रान्तिको चरणमा पनि बहुदलीय राजनीतिको त्यति नै आवश्यकता छ । हाम्रो समाजवादी चीन, भेदनाव, क्युवाको जस्तो हुँदैन । समाजवादको सिंगो चरणमा वर्गहरुको अस्तित्व रहन्छ ।’


