काठमाडौं । जनता समाजवादी पार्टी नेपालले आगामी फागुन ७ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिलगायतका विषयमा छलफल केन्द्रित हुने छ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा फागुन ७ गते बस्ने उक्त बैठकले राष्ट्रपति चुनावको विषयमा पनि छलफल हुने कार्यसूची रहेको छ। राष्ट्रपति निर्वाचन अघि नै सत्ता गठबन्धनका विचमा विवाद देखिन थालेको र माओवादी केन्द्र, एकीकृत समाजवादी सँगको मोर्चाबारे पनि छलफल गर्ने तयारी छ।


