काठमाडौं । टिकटक प्रतिवन्धविरुद्धको रिटमा आगामी सोमबार सुनुवाई हुने भएको छ । सरकारले सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाएपछि बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाल लगायतले छुट्टाछुट्टै रिट निवेदन पेश गरेका हुन् ।
गत कात्तिक २७ गते तिहारको मुखमा बसेको क्याविनेट बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । क्याविनेटको यो निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।मन्त्रिपरिषदले टिकटक बन्दको निर्णय गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेर टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।


