काठमाडौं। जन्ममितिबारे विवाद भएपछि नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक बुधबार सिंहले राजीनामा दिएका छन् ।
उनले प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएको प्रहरी स्रोतले जनाएको छ ।, प्रहरी प्रधान कार्यालयले भने अहिलेसम्म यो कुरा गुपचुप राखेको छ ।
नेपाल प्रहरीमा हाल एआईजीमा बढुवा हुनेमध्येबाटै भावी महानिरीक्षक चयन हुने अवस्था छ सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेटिएपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो ।
जिल्ला प्रशासन कार्यालय, कैलालीबाट जारी नागरिकताअनुसार उनको जन्ममिति २०२४ हुनुपर्ने हो । सिंहले पेश गरेको २२ जेठ २०४२ मा जारी नागरिकता प्रमाण पत्रको प्रतिलिपिमा उनको उमेर १८ वर्ष उल्लेख छ । प्रहरी प्रधान कार्यालयको विवरणमा उनको नागरिकताअनुसार उनको जन्ममिति २२ जेठ २०२४ देखिएको छ ।


