काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान हुने बताएका छन् ।
उनले मंगलबार नेकपा (माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै छानबिन गर्ने प्रतिबद्धता जनाएका हुन्।
उनले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरुको अुनसन्धान गरी निचोडमा पुग्ने बताए।
उनले २०४६ सालको जनआन्दोलनपछिका सबै उच्चपदस्थ अधिकारीका सम्पत्ति विवरणबारे खोजीनीति गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, ‘मैले सदनमा पनि भनेको छु अब भ्रष्टाचारका सबै फाइलहरु खोलिनेछन्। क्रमशः खुल्छन्‚ खुलाइन्छन्। मैले भनेको छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछिका सबै उच्चपदस्थ अधिकारीका सम्पत्ति विवरणहको बारेमा खोजीनीति गरिन्छ। ठूलाठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको खोजीनीति गरिन्छ। ठूलाठूला भयानक हत्याकाण्डहरु छन्, ती हत्याकाण्डहरुको खोजिनीति गर्नुछ चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड। त्यसको छिनोफानो भएको छैन। नेपाली जनताको मनमा धेरै ठूलाठूला शंकाहरु छन्। के भएको हो भन्नेकुराको सत्यतथ्य आएको छैन। यी सबै कुराहरु पनि हामीले क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु छ‚ अब केही हुन्छ र हुनसक्छ भनेर।’
द


