काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफल विना निष्कर्ष टुंगिएको छ । छलफलका क्रममा दुवै नेताले पहिलो चरणमा आफू नै प्रधानमन्त्री हुनुपर्ने अडानबाट पछि नहटेपछि छलफल निष्कर्षविहीन भएको हो ।
माओवादी अध्यक्ष दाहालले पहिलो चरणमा आफू प्रधानमन्त्री बन्नु पर्ने अडान राखेका थिए । यता कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा कांग्रेसले सरकार नेतृत्व गर्न पार्टीभित्र चर्को दबाब आइरहेको सुनाएका थिए । उनीहरुबीच प्रधानमन्त्रीकै विषयमा सहमति जुट्न नसकेको हो ।
दुई नेताबीच करिब साढे दुई घण्टा छलफलमा ठोस समझदारी नबनेपछि आज (शनिबार) पुनः छलफल गर्ने तय भएको छ ।


