काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा ठप्प पारेका छन् । संघले डाक्टरलाई कुटपिट गर्नेलाई कारबाही नगरिएको विरोधमा आकस्मिकबाहेक सबै सेवा बन्द गराएको हो ।
संघले जारी गरेको विज्ञप्तिअनुसार आज ९भदौ ३१ गते० देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिनेछ।
हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीलाई यही भदौ २७ गते अस्पतालभित्रै पसेर एक समूहले कुटपिट गरेको थियो।


