काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी उच्च स्रोतले आइतबार साँझ उनलाई बुढानीलकण्ठको पासीकोटबाट नियन्त्रणमा लिइएको जानकारी दिएको छ।
रायमाझीविरुद्ध गत वैशाख २० गते पक्राउ पुर्जी जारी गरिएको हो। सोही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरिसकेको छ।
उनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो। उक्त प्रकरणमा उनका छोरा सन्दीपलाई वैशाख २० गते बुटवलबाट पक्राउ गरेको थियो।
अहिलेसम्म यो प्रकरणमा १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।


