काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आगामी जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको छ।
सर्वोच्च अदालतले टीकापुर घटनामा रेशम चौधरीलाई जन्मकैदको फैसला सदर गरेपछि यसले आन्दोलन गर्ने निर्णय गरेको हो ।
पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले राजनीतिक मुद्दा भएकाले राजनीतिक तवरबाटै टुङ्ग्याउनुपर्ने बताए।
उनले जेठ ३ देखि ५ सम्म देशभर राँके जुलुस प्रदर्शन गर्ने समेत बताए।


