काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपालमा नेताहरुलाई कानुन नलागेको टिप्पणी गरेका छन् ।
नेता भण्डारीले शुक्रवार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
भण्डारीले नेपालको कानुनले नेताहरुसमक्ष आत्मसमर्पण गरेको बताए ।
‘हामीले जे सोचेर राजनीतिमा लागेका थियौँ। यिनै नेता ईश्वर हुन् भन्ने लागेको थियो, यिनका निम्ति हाम्रो समाज, हाम्रो संस्कृति, हाम्रो सम्बन्ध तहसनहस पार्यौ’ , उनले भने,‘तर नेपालमा कानूनले काम गरेको भए हामीले मानेका धेरै नेताहरु जेलमा हुन्थे। नेपालमा कानुनले काम नै गरेन। यो एउटा पक्ष छ। हामीले ल्याएको प्रणालीमा सबै फूलहरु फुल्नसक्ने व्यवस्था हामीले गरेका छौँ।’
सांसद भण्डारीले युवा नेताहरु पार्टीमा नबोलेकोप्रति असन्तोष व्यक्त गरे।


