काठमाडौं । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले नेपाललाई क्षयरोग मुक्त बनाउन औषधीसँगै जनचेतना आवश्यक रहेको बताएका छन् ।
मन्त्री बस्नेतले आज सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा आयोजित क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत दोश्रो चरणको कार्यक्रम शुभारम्भ गर्दै बस्नेतले यस्तो बताएका हुन् ।
करिव ८ अर्ब स्वास्थ्य क्षेत्रमा ग्लोबल फन्डबाट पैसा आउने गरेको भन्दै यसको सदुपयोग गर्नेमा आफूले जोड दिएको उनले बताए । उनले स्वास्थ्य क्षेत्रमा आफूले राम्रो काम गर्दा सफल हुन नदिने षड्यन्त्र भएपनि आलुलाई प्रधानमन्त्री लगायत सबैको साथ रहेकाले निरन्तर सुधारका काममा अघि बढ्ने जिकिर गरे ।
मन्त्री बस्नेतले पहुँचका भरमा सधैँभरि सुविधा सम्पन्न अस्पतालमा बस्ने व्यवस्थालाई अन्त्य गरि ८ सय बढि चिकित्सकहरूलाई दुर्गम क्षेत्रमा उपचार सेवा प्रदान गर्न पठाइएको धारणा राखे ।
त्यसअघि स्वास्थ्यमन्त्री बस्नेतले शुक्रबार नै सिन्धुपाल्चोकस्थित चौतारा अस्पतालको निरीक्षण गरेका थिए ।