काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो पार्टीले अहिलेको सरकारलाई हेरिरहेको बताएका छन् ।
प्रवक्ता महतले बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमा बोल्दै प्रचण्ड नेतृत्वको सरकार विरोधाभासपूर्ण भएको बताउँदै अहिलेको गठबन्धन स्वाभाविक नभएको दाबी गरे ।
आफ्नो गुणलाई गौण राखेर पदको लागि प्रतिस्पर्धा रहेको उनले बताए । उनले गठबन्धनको स्वरुपमा आशंका रहेको उल्लेख गर्दै कांग्रेस सशक्त प्रतिपक्षी बन्ने बताए ।


